नवनिर्वाचित पत्रकारलाई सम्मान

आदर्श अनलाइन, बागलुङ
बागलुङका विभिन्न संस्थाहरुले नवनिर्वाचित पत्रकारहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेका छन् । ढोरपाटन दैनिक, धौलागिरी एफएम, कालिका सहकारी, नयाँ विश्व डटकम, धौलागिरी सञ्चार क्लव, रेडियो सारथी लगायतका संस्थाहरुले संयुक्त रुपमा सम्मान तथा बधाई ज्ञापन गरेका हुन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेश सदस्य इन्द्रलालले पत्रकारहरु कसैको दबाव र प्रभावमा नपरी सही सूचना प्रवाह गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले पछिल्लो समय पत्रकारीतामा विकृति छिर्न थालेको भन्दै यसलाई पन्छ्याँदै जनतालाई सूसुचित गराउनु पर्ने बताउनुभयो । संसाद सापकोटाले मुलक परिवर्तनका लागि पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै गतल प्रवृतिका विरुद्धमा लाग्न आग्रह गर्नु भयो ।

उहाँले प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथि विभिन्न समयमा प्रहार हुन थालेको भन्दै यसको विरुद्धमा सबै तहबाट जुट्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागलुङका संयोजक ज्ञामनाथ गैरे, ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतम, राबहादुर जिसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, नवनिर्वाचित अध्यक्ष नरेश कँडेल, पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, निर्वतमान सचिव राम थापा, कालिका सहकारीका सचिव भूपाल चालिसे, प्रेस संगठनका अध्यक्ष थम्मन थापा, गुहेँली संचार सहकारीका अध्यक्ष खिम कार्की, होटल व्यवसायी अर्जुन चोखाल, पत्रकार महा संघ गण्डकी प्रदेशका नव निर्वाचित सदस्य ताराप्रसाद शर्मा, रेडियो सारथीका स्टेशन म्यानेजर कमल लगायतले बोलेका थिए ।

कार्यक्रम कालिका सहकारीका अध्यक्ष हिमाल शर्माको अध्यक्षता, ढोरपाटन दैनिकका सम्पादक स्वागत रामकृष्ण बोहराको स्वागत र नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *