चन्दा संकलन गरी मन्दिर पुननिर्माण


–आदर्श अनलाइन, बागलुङ
चन्दा संकलन गरी बागलुङ नगरपालिका–८ सिगानाको एक मन्दिर पुननिर्माण गरिएको छ । सिगानाको साँयकोटमा रहेको दुई सय वर्ष पुरानो कमलजैशीको मन्दिर पुननिर्माण गरिएपछि मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

झण्डै दुई सय वर्ष अघिदेखि पुजा आजा हुँदै आएको कमलजैशी मन्दिर योगमाया गौतमको नेतृत्वमा ३० वर्ष अघि बनाइएपनि पहिरोका कारण मन्दिर भत्केपछि अहिले पुननिर्माण गरिएको हो ।
स्थानीयको सक्रियतामा चन्दा संकलन गरी निकै जीर्णरुपमा रहेको मन्दिरको पुननिर्माण गरी उद्घाटन गरिएको कमलजैशी मन्दिर निर्माण समितिका अध्यक्ष गोविन्द प्रसाद गौतमले जानकारी दिनुभयो ।

रु.चार लाख बढी लागतमा मन्दिरलाई आधुनिक शैलीमा पुननिर्माण गरिएर हो । ढुङ्गा माटोले निर्माण गरेको मन्दिर भत्केपछि ढलान गरी पक्की मन्दिर बनाइएको हो ।

पुननिर्माण गरिएको मन्दिरको मंगलबार बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष जीत बहादुर जिसी (राजन)ले उद्घाटन गर्नुभएको थियो । उहाँले मन्दिर निर्माणले लोप हुने खतरामा रहेका धर्म संस्कृतिको संरक्षण हुँने बताउनुभयो । धर्मका नाममा किनबेच शुरु भएको अवस्थामा स्थानीय जुटेर मन्दिर निर्माण थालेपछि वडा कार्यालयले मन्दिर निर्माणमा एक लाख सहयोग गरेको बताउनुभयो । कार्यक्रममा शिक्षक भुपेन्द्र कार्की, डिल बहादुर कार्की, सहयोगदाताको तर्फबाट शिव कुमार खड्का, गणेश कृषि सहकारीका अध्यक्ष राम बहादुर खड्का, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम, स्थानीय मन बहादुर नेपाली, नेपाली काँग्रेसका वडा सभापती छम बहादुर कार्की, नेकपा एमाले सिगानाका अध्यक्ष लाल बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम भवन निर्माण समितिका अध्यक्ष गोविन्द प्रसाद गौतमको अध्यक्षता, सचिव भद्र बहादुर कार्कीको सञ्चालन तथा सह–सचिव देविन्द्र कार्कीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
मन्दिर पुननिर्माणमा बागलुङ नगरपालिका–८ वडा कार्यालयको रु. एक लाख, बुछुङ सल्लेरी सामुदायीक वनको तर्फबाट पच्चिस हजार, सृजनशील स्वास्थ्य आमा समूहको २१ हजार १११, कायमारे सामुदायिक वनको रु. १० हजार, बागलुङ नगरपालिकाको रु.१० हजार र अन्य स्थानीयबाट चन्दा संकलन गरी तीन लाख ३१ हजार गरी चार लाख बढी खर्चेर मन्दिर निर्माण गरिएको हो । मनिदर उद्घाटनको अवसरमा शिव खड्का र अर्जुन खड्काले अग्रज अभिभावकहरुको सम्झनामा घण्ट स्थापना गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *