स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित ९ जनामा कोरोना

आदर्श अनलाइन, बागलुङ
बागलुङमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङको हिरासतमा रहेका ४ जना थुनुवा, १ जना प्रहरी सहित स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देबप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

संक्रमित सबैको स्वाब क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गरिएको हो ।

हिरासतमा रहेका थुनुवालाइ प्रहरी कार्यालयकै छुट्टै कोठामा राखेर उपचारको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । यो सँगै बागलुङमा सक्रिय संक्रमितको संख्या ६९ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *