पुल तरेको कर उठाएको भन्दै विद्यार्थी संगठनको विरोध


–आदर्श अनलाइन, बागलुङ

संघीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि २० रुपैयाँ कर उठाएकोमा यहाँका क्रियाशिल विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । उनिहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालमा पुल तरेको शुल्क उठाउने घटना कही नभएको भन्दै बिरोध जनाएका छन् ।

नेपाल विदार्थी संघ धौलागिरी क्याम्पसका एकाई समितका अध्यक्ष दिनेश पन्त, अनेरास्ववियुका केन्द्रिय सदस्य अमृता केसी, अखि क्रान्तिकारीका केन्द्रिय सदस्य जीवन शर्मा, अखिल छैठौंका दिलिप बुढाथोकी, राप्रपा विद्यार्थी संघका अध्यक्ष हरी भण्डारी, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सभापती मनिष थापाद्वारा हस्ताक्षतिर विज्ञप्तीमा कर उठाउने कार्यको विरोध गर्दै फिर्ता लिन आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *