वैशाख १७ गतेदेखि २५ करोडको आईपीओ निष्कासन हुने


काठमाडौं पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले २५ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । सर्वसाधारणले बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयरमा सर्वसाधारणले बैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदँछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यो कम्पनीको शेयर केवल १० कित्ता आवेदन दिए पुग्ने देखिन्छ । आर्थिक संदेश

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *