नदीमा नुहाउँदा बगाएकी महिलाको उद्दार

आदर्श अनलाइन, पोखरा 

सेती नदीमा आज बिहान नुहाउने क्रममा पानीले बगाएकी एक महिलालाई प्रहरीले तनहुँमा उद्दार गरेको छ ।

बिहान पौने ८ बजेको समयमा तनहुँको व्यास नगरपालिका वडा नं १३ मा सेती नदीको किनारमा नुहाउने क्रममा सोही ठाँउकी ६० वर्षीय मधुमाया श्रेष्ठलाई पानीले बगाएको हो ।

गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले दिएको जानकारी अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोलीले तत्काल उद्दार गरेको छ ।

श्रेष्ठलाई जिल्ला अस्पताल दमौली पठाइएको र उहाँको अवस्था मध्यम रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *