नयाँ क्लबको नयाँ अभियानः ‘लागु औषध र मदिरा मुक्त समाज’

–आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा हालै स्थापित नयाँ क्लबले नयाँ अभियान थालेको छ । विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर क्लबले सामाजिक समस्याका रुपमा रहेको लागुऔषध, मदिरा र जुवा तास मुक्त समाज बनाउने अभियान सुरु गरेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखाका युवाले जिल्ला प्रशासनमा दर्ता गरेको सुन झाँक्री युवा क्लबले रामरेखालाई शनिवारदेखि ‘लागु औषध र मदिरा मुक्त’बनाउने अभियानको शुभारम्भ गरेको छ । क्लबले आफ्नो औपचारिक शुभारम्भ सँगै नयाँ अभियान थालेको हो । क्लबको अभियानमा रामरेखा सामुदायिक प्रहरी सेवा केन्द्रको समुदाय प्रहरी साझेदारी कार्यक्रम समेत समेटिएको छ ।

अभियानको बागलुङ नगरपालिका–१ का वडा अध्यक्ष दुर्गाबहादुर बोहोराले क्लब दर्ताको प्रमाण पत्र हस्तान्तरणका साथै लागुऔषध, मदिरापान र जुवातास सम्बन्धी सचेतनामुलक कार्यक्रमको व्यानर खोलेर शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष बोहोराले सामाजिक समस्याको रुपमा रहेको लागुऔषध, मध्यपान र जुवातास बिरुद्ध युवाहरुले चालेको अभियान सकरात्मक भएको बताउनुभयो ।

आफ्नो समाज आफै बनाउनु पर्ने भन्दै रामरेखामा नयाँ क्लव गठन गरेर लागु औषध, मदिरापान, र जुवातास मुक्त समाज निर्माण गर्न अभियान चालेको सुनझाँक्री युवा क्लवलका अध्यक्ष रणसिंह बोहोराले बताउनुभयो । “समाजको शान्ति, सुरक्षा र अमनचयनमा खलल पु¥याउने युवाहरुनै हुन्छन्, यीनै युवाहरुलाई संगठित गरी शान्त र सभ्य समाज निर्माण गर्नु पर्दछ भन्ने हो” बोहोराले भन्नुभयो “क्लबले लागु औषध, मदिरा तथा जुवा तास मुक्त समाज निर्माण गर्न सचेतनामुलक ¥याली गर्ने, घर घरमै पुगेर लागु औषधका विषयमा जानकारी गराउने लक्ष्य छ ।”

अभियानको पहिलो दिन लागु औषध, मदिरा र जुवा तास विरुद्ध सचेतनामुलक ¥याली, सामुदायिक प्रहरी सेवा केन्द्रको सचेतनामुलक प्लेकार्ड सहित बागलुङ नगरपालिका –१ रामरेखा परिक्रर्मा गरिएको थियो ।

समुदायमा अपराधलाई शुन्य पार्नका लागि समाजकै युवाहरु संगको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अभियानमा समवेश गरिएको रामरेखा सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका–१ रामरेखाका इन्चार्ज प्रहरी हवल्दार अर्जुन सुवेदीले जानकारी दिनुभयो । उहाँले अपराध मुक्त समाज निर्माणमा प्रहरी र समुदाय संगसंगै हिँड्नुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *