चट्याङले लागेर मृत्यु भएको परिवारलाई सरकारको राहत


–आदर्श अनलाइन, बागलुङ

चट्याङ लागेर मृत्यु भएको परिवारलाई सरकारको तर्फबाट राहत रकम हस्तान्तरण गरिएको छ ।

गत चैत्र १० गते चट्याङ लागेर मृत्यु भएका बडिगाड गाउँपालिका–८ रणसिंह किटेनी निवासी बस्ने अमर बहादुर सुनारका छोरा ११ वर्षीय खिमे सुनारको परिवारलाई नगद राहत रकम प्रदान गरिएको थियो ।

मृतकका बुबा अमर सुनारलाई बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले संघीय सरकारको रु.दुई लाख र गण्डकी प्रदेश सरकारको तर्फवाट रु. ५० हजार गरी रु. दुईलाख ५० हजार हस्तान्तरण गर्नुभएको थियो । रहात रकम हस्तान्तरण गर्दै प्रजिअ कार्कीले दुखमा सरकारको साथ रहेको भन्दै पीडत परिवारलाई धर्यधारण गर्न आगह गर्नुभएको थियो । विपद्मा परी ११ वर्षको वालकको मृत्यु हुँदा आफू भावुक भएको हस्तान्तरण कार्यक्रममा बताउनुभयो ।

शनिबार बडिगाड गाउँपालिकाको कार्यालयमा पीडित परिवारलाई राहत रकम प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी सहित बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगर, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत सुर्यलाल विश्वकर्मा लगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *