घरमै पुगेर अपाङ्गतालाई नागरिकता

आदर्श अनलाईन, बागलुङ

जिल्ला प्रशासन कार्यालयले शारिरिक अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका ९ आँखेत बस्ने चन्द्र बहादुर कामीको २१ वर्षीया छोरी पुजा बिकलाई शनिबार घरमै पुगेर बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले नागरिता प्रदान गनुृभएको हो ।

शारिरिक रुपमा पूर्णतया अपाङ्गता रहनुभएकी पुजालाई नागरिकता बनाउन जिल्ला सदरमुकाम आउन समस्या भएको भन्दै घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ कार्कीले बताउनुभयो । प्रजिअ कार्कीले कुनै नेपाली विभिन्न कारणले नागरिकता विहिन हुन नपरोस भन्नेका लागि नागरिकता विहिन भएका कोही त्यास्ता अपाङ्गता, पिछाडिएका तथा अशक्त भए खबर गर्न अर्गह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *