समाचार लेखेकै आधारमा पत्रकार पक्राउ

आदर्श अनलाइन, काठमाडौं
उज्यालो नेटवर्क अनलाइनका महा–प्रबन्धक दुर्गालाल तामाङ तथा सोही अनलाइनमा कार्यरत पत्रकार अनिश तामाङ पक्राउ परेका छन् । उनीहरु दुवै जना समाचार लेखेकै आधारमा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार अनिशलाई अनलाइनको कार्यालय तथा महाप्रबन्धक दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई हाल महानगरीय प्रहरी परिसर टेकुमा राखिएको बताइएको छ ।

उज्यालो नेटकर्व अनलाइनले केही दिन अगाडि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलबीच भएको सम्झौता बताउँदै समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशन गरेको भए पनि अनलाइनले आफ्नो गल्ती भएको स्वीकार गर्दै माफी मागेको थियो । अनलाइनले प्रेस काउन्सिलमा माफी मागेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *