सामी परियोजनाको पत्रकार अन्तरक्रिया


आदर्श अनलाइन, बागलुङ

सुरक्षित आप्रवासन परियोजना (सामी) आप्रवासी श्रोत केन्द्र बागलुङले मंगलबार पत्रकार संग अन्तरक्रिया कार्याक्रम सम्पन्न गरेको छ ।

वैदेशिक रोजगारबाट भएका सकरात्मक पक्ष र यसबाट भएको नकरात्मक पक्षको बारेमा कार्याक्रममा छलफल गरिएको थियो । बैदेशिक रोजगारमा पुरुषहरु बढि भएकाले स्वदेशमा महिलाहरुले हरेक काममा अवसर पाएको बैदेशिक रोजगार बोर्डको कार्यक्रम अधिकृत शिव रेग्मीले बताउनुभयो ।

बैदेशिक रोजगारमा फाईदा संगै चुनैती पनि रहेको भन्दै आमा बुबा दुवै रोजगारको लागि विदेशमा गएका परिवारका सदस्यमा ४० प्रतिशत कुलतमा फसेको समेत रेग्मीले जानकारी दिनुभयो । उहाँले बैदेशिक रोजगारले गर्दा, आत्महत्या वृद्धि, आन्तारिक बसाईसराईमा वृदि, युवा जनशक्तीको पलायन, मनोसामाजिक समस्यामा वृद्धि र भड्कीलो खर्चीलो सामाजिक जीवन भएको समेत जानकारी दिनुभयो ।

कार्याक्रममा सुरक्षा आप्रवासन परियोजना (सामी) परियोजना बागलुङका संयोजक मिन प्रसाद उपाध्यायले सुरक्षा आप्रवासन परियोजना (सामी)ले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा ३ वर्षको परियोजनामा डेढ वर्ष सम्म भएका कामको विषयमा कार्याक्रममा छलफल जानकारी दिनुभएको थियो । उहाँले परियोजना संचालन भएदेखि आजको दिनसम्म १ करोड ८६ लाख ठगिएको रकम उठाएर फिर्ता गरेको जानकारी दिनुभयो ।

बैदेशिक रोजगारीका लागि गएका बागलुङका मानिसहरुको विभिन्न कारणले मृत्यु भएर शव नेपाल ल्याउन नसकेको अवस्थामा सामीले शव बागलुङ सम्म ल्याउन सहयोग गरेको समेत उपाध्यायले बताउनुभयो । उहाँले सामीले वित्तीय साक्षरताको विषयमा विभिन्न चरणमा तालिमहरु संचालन गरेको र तालिमले गर्दा धेरै मानिसहरुले स्वदेशमै व्यवसाय गरी आर्थिक रुपमा सवल भएको समेत बताउनु भयो ।

बैदेशिक रोजगारमा जान लागेका मानिसहरुलाई उनीहरुले बिदेशमा गएर गर्ने कामहरुको बारेमा नेपालमा तालिम सिकाउने देखि लिएर उनीहरुको कागजीकामका बारेमा र बिदेश जान लाग्ने रकमको बारेमा समेत जानकारी गराउने काम यस परियोजनाले गरेको उपाध्यायले जानकारी दिनुभयो । कार्यक्रममा बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता, उपाध्यक्ष तोयानाथ उपाध्यायको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *