आदर्श अनलाइन, बागलुङ
बागलुमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तीमा बागलुङ नगरपालिकाका १५ जना र निसीखोला गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।
बागलुङ नगरपालिका वडा नम्बर २ का ३९ र २६ वर्षीया महिला, वडा नम्बर ४ का २३ र ४५ वर्षीया महिला, वडा नम्बर ७ का ३७ र ३९ वर्षीय पुरुष, ८ की ४८ वर्षीया महिला, ९ की ५४ वर्षीया महिला
१० का २३, ३२, २८ र ३२ वर्षीय पुरुष र निसीखोला गाउँपालिका वडा नम्बर ३ का ५० र ५६ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।