दीपक मनाङे बने गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री

आदर्श अनलाई, बागलुङ
गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङे भनिने राजिव गुरुङले सपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको सभाहलमा सपथग्रहण गराएका हुन् ।

सपथ ग्रहणमा मनाङे निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका थिए । सपथअघि उनले पत्रकारहरुसँग केहीबेर अनौपचारिक कुरा पनि गरे । सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।

यो पनि पढ्नुहोस्