प्रकाश सपुतलाई कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
गायक तथा सर्जक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रकाशले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

धेरै शरिर दुख्ने, गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्न भएपछि पिसिआर परीक्षण गरेको कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

उनले कोरोनालाई सामान्य नठान्न आग्रह गरेका छन् । ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौँ तर यसलाई सामान्य नठानौँ’, उनले भनेका छन्, ‘किनकी लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ। सतर्कता अपनाऊँ, सुरक्षित बसौँ !’

अहिले उनी आफ्नो घरमा आइशोलेसनमा रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *