दुई दिनदेखि अवरुद्ध निसीखोला दोस्रो जलविद्युत आयोजना शनिबार संचालनमा आउने

आदर्श अनलाइन, बागलुङ
निसीखोला दोस्रो लघु जलविद्युत आयोजना दुई दिनदेखि अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।

आयोजनाको विद्युत गृहमा रहेको बेरिङमा समस्या आउँदा विद्युत सेवा अवरुद्ध भएको हो । बेरिङलाई मर्मतका लागि बुटवल पठाएको र शनिबार बिहान १० बजे सम्म विद्युत संचालनमा आउने आयोजनाका सचिव मिलन हमालले जानकारी दिनुभयो ।

विद्युत अवरुद्ध हुँदा निसीखोला गाउँपालिकाका करिब साढे ११ सय घर धूरीका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत अवरुद्ध हुँदा नेपाल टेलिकमको सेवा समेत अवरुद्ध भएको छ भने दर्जन बढी साना उद्योग धन्दाहरु ठपप भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *