आगलागीबाट मृत्यु भएका वडाअध्यक्ष खनालको शालिक अनावरण


आदर्श अनलाइन, बागलुङ
गत वर्ष आफ्नै घरमा भएको आगलागीमा परी मृत्यु भएका बागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको वार्षिक पूण्य तिथिको अवसरमा शालिक अनावरण गरिएको छ ।

बरेङ गाउँपालिकाले निर्माण गरेको अर्धकदको शालिक खनालको मृत्यू भएको वार्षिक पुण्य तिथिमा शुक्रबार अनावरण गरिएको बरेङ गाउँपालिकाले जनाएको छ ।

आगलागीबाट घाइते पूर्ण खनालको २०७७ वैशाख १७ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
बरेङ गाउँपालिका–३ बाटाकाचौरको वडा कार्यालय परिसरमा खनालको अर्धकतको शालिक संघीय सांसद डा. सुर्य पाठकाले अनावरण गर्नुभएको थियो ।

अनावरणपछि बोल्दै सांसद डा. पाठकले पूर्ण खनालले देखेको विकासको सपना पुरा गर्न आफूले सक्दो प्रयास र पहल गर्ने बताउनुभयो । आगलागीमा परी वडा अध्यक्ष खनाल संगै छोरा समिर खनालको समेत मृत्यु भएको थियो ।

कार्यक्रममा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, बरेङ गाउँपालिका–३ का कार्यवाहक वडा अध्यक्ष दुर्गा कार्की र परिवारको तर्फबाट खनालका दाजु शेर बहादुर खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम गाउँपालिका उपप्रमुख दिलमाया पुनको अध्यक्षता नर बाहादुर बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *