स्वर्गिय वडा अध्यक्ष खनालको सम्झनामा विद्यालयमा चार लाखको अक्षयकोष


–आदर्श अनलाइन, बागलुङ
आगलागीमा मृत्यु भएका बरेङ गाउँपालिका–३ का वडा अध्यक्ष खनालको सम्झनामा खनालको परिवारले तीन विद्यालयमा रु. चार लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

खनाल परिवारले बरेङको शारादा माध्यामिक विद्यालयमा रु. तीन लाखको पूर्ण खनाल स्मृति अक्षयकोष स्थापना गर्न विद्यालयका प्रधानध्यापक देविदत्त पौडेललाई उक्त रकम परिवारका सदस्यले हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै बरेङको ज्ञानोदय आधारभूत विद्यालयलाई रु. ५० हजार र वालविकास आधारभूत विद्यालय खाल्डेलाई रु. ५० अक्षकोषको स्थापना गर्न हस्तान्तरण गरिएको छ । आगलागीबाट घाइते पूर्ण खनालको २०७७ वैशाख १७ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *