श्रमिक दिवसको अवसरमा कालिका मन्दिर क्षेत्र सरसफाई


–आदर्श अनलाईन, बागलुङ

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कालिका मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ ।
मन्दिर प्रवेशद्वार तथा पार्कीङ क्षेत्रमा फोहोर हुँदा गण्डकी प्रदेशकै प्रशिद्ध धार्मिक स्थल कालिका मन्दिर क्षेत्र कुरुप देखिन थालेको भन्दै बागलुङका दुई युवा क्लवहरुले सरसफाई गरेको छ ।

श्रमिक दिवसका अवसरमा बागलुङ जिल्लामा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थाद्वारा गठित आदर्श युवा क्लव र हाई हाइकर्स समूहले मन्दिरको पार्कीङ लगाएत आसपासको क्षेत्रमा सरसफाई गरेको आदर्श सञ्चार सहकारीले जनाएको छ ।

मन्दिरको पार्कीङ क्षेत्रमा भक्तजनहरुले जथाभावी फ्याँकेका प्लाष्टिक जन्य तथा गल्ने फोहोर झण्डै १५ बोरा संकलन गरी व्यवस्थित गरिएको गरिएको आदर्श युवा क्लवका सदस्य रोहन जिसीले जानकारी दिनुभयो ।

युवाहरुले सामाजिक काम गर्नुपर्दछ भन्ने भावनाका साथ फोहोर भएर कुरुप देखिएको मन्दिरको पार्कीङ स्थल सरसफाई गरिएको हाइ हाइकर्स समूहका विश्वास थापाले बताउनुभयो । मन्दिरमा कोरोनाका कारण जोखिम वढेको भन्दै जिल्ला प्रशासनले प्रवेशमा रोक लगाएपछि सुनसान बनेको मन्दिर आसपासमा सरसफाई गरिएको हो । सरसफाईमा १० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *