विमला वली भन्नुहुन्छ–आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ

आदर्श अनलाइन, बुटवल
लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताउनु भएको छ ।

वली दाङ ३ ९ख० मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बाट विजयी हुनु भएको थियो। एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भयो ।

एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन र्गर्न भएको छ । उहाँले भन्नु भएको छ– ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ ।’

चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *