पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
पत्रकार महासंघ बागलुङ शाखालाई पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । पत्रकार महासंघमा निर्माण गर्न थालिएको आइसोलेसनमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जनाएको छ ।

कोरोनाको दोस्रो लहर आइरहेको सन्र्दभमा पत्रकारहरु समेत कोरोनाको उच्च जोखिममा रहेको सन्र्दभमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सभाहलमा निर्माण गरिएको १० वेड क्षमताको आइसोलेशनका लागि बागलुङ्का व्यवसायी निलकण्ठ शर्माले २२ हजार बराबरको स्वास्थ्य सामाग्री पत्रकार महासंघलाई हस्तान्तरण गर्नुभएको महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

बर्दश सर्जिकल एण्ड डाइगेष्किट प्राइभेट लिमिटेड बागलुङका सञ्चालक रहनुभएका शर्माले पत्रकार महासंघलाई पाँच लिटर स्यानीटाइजर क्षमताको विद्युतीय स्यानिटाइजर डिस्पेन्सर, माक्स २५० थान, ५ लिटर स्यानीटाइजर, पल्स अक्सोमिटर, डिजिटल रक्तचाप परिक्षण औजार, डिजिटल थर्मोमिटर र हेण्ड वास एकथान सहयोग गर्नुभएको अध्यक्ष कँडेलले बताउनुभयो ।

No photo description available.

May be an image of text that says "ൻ धौलागिरी अस्पतालमा डाक्टर, मेडिकल अधिकृत, नर्सशलगायतका दरवन्दी अनुसार पदपूर्ति नभएको, भएका स्वास्थ्यकर्मीको अन्यत्र काज सरुवा भई स्वास्थयकर्मीको अभाव भएको सन्दर्भमा बढ़्दो कोभिड १९ संक्रमित विरामीको उपचारको लागि तत्काल करार सेवाबाट स्वास्थयकर्मीको पदपूर्तिको लागि अनुमति तथा आवश्यक बजेटको व्यवस्था गरिदिनका लागि गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयमा अनुरोध पठाउने निर्णय गरियो। निर्णय नं.६ धौलागिरी अस्पतालमा हाल एक सिफ्टलाई पैसिआर पिसिआर परीक्षणलाई बढाउनको लागि पिसिआर परीक्षण तालिम प्राप्त जनशक्ति पर्वत म्याग्ी कास्कीमा भएको भन्ने बुझिन आएकोले जनशक्तिलाई काजमा धौलागिरी अस्पतालमा उपलब्ध गराइदिनका लागि प्रदेश, सामाजिक विकास मन्त्ालयलाई गर्ने निर्णय गरियो। Oplh Gr Rിൻ जिल्ला प्रमुख wuwar ot kony 大 Fhooml বપર"

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *