लमजुङ अस्पतालमा अक्सिजनसहितको आइसोलेसन

आदर्श अनलाइन, लमजुङ
कोभिड १९ को दोस्रो चरणको महामारीको रोकथाम तथा नियन्त्रणकाका लागि जिल्ला सामुदायीक अस्पताल लमजुङमा अक्सिजनसहितको आइसोलेसन बेड व्यवस्था गरिएको छ । कोरोना संक्रमितको उपचार गर्न अक्सिजन र प्यासेन्ट मनिटरसहितको आइसोलेसन बेड व्यवस्था गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।

अस्पताल प्रमुख श्रेष्ठका अनुसार कोभिडका बिरामीको उपचारका लागि हाल अस्पतालमा ७ बेडको अक्सिजनसहितको आइसोलेसन व्यवस्थापन गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले अस्पतालमा २५ बेडको आइसोलेसन संचालन गर्ने निर्णय गरेपनि हाल ७ बेडको आइसोलेसनको व्यवस्था भएको हो ।

उनका अनुसार बैशाख महिनाभित्रै २५ बेड क्षमताको अक्सिजन पाइपलाइनको आइसोलेसन व्यवस्था हुनेछ । कोरोना संक्रमण जो कसैलाई हुनसक्ने भएकाले अस्पतालमा आउने बिरामी, बिरामी कुरुवा सबैलाई सतर्क रहन अस्पतालले आग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अस्पतालमा भेन्टिलेटरसहितको २ बेड तयारी अवस्थामा राखिएपनि दक्ष जनशक्तिको अभावमा संचालनमा आउन नसकेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण परीक्षण गर्दा लमजुङमा १५ जनामा कोरोना भाइरस एन्टिजेन पोजेटिभ देखिएको छ । एन्टिजेन परीक्षण गर्दा १० पुरुष र पाँच महिलामा पोजेटिभ देखिएको हो ।अस्पतालका सबै टिम कोरोना रोकथाम तथा नियन्त्रणमा लागेको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *