जैमिनीमा जोर बिजोर प्रणाली लागु

सुजन प्रेमी, जैमिनी
जैमिनीमा जोर बिजोर प्रणाली लागु भएको छ । जैमिनी नगरपालिका आरआरटी टिमको आइतबार बसेको बैठकले गरेको निर्णय अनुसार जैमिनीमा सोमबारदेखि जोर बिजोर प्रणाली लागु भएको हो ।

तीव्र गतिमा फैलिएको कोरोना भाइरसको दोश्रो भेरियण्ट सहितको संक्रमण जैमिनीमा पनि फैलिन सक्ने भन्दै सोमबारदेखि जोर गते जोर नम्बरका गाडी र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्ने गरी जोर बिजोर प्रणाली लागु भएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

सार्वजनिक कार्यक्रमहरु, विवाह, ब्रतबन्ध जस्ता कार्यहरुमा १५ जनाभन्दा बढि उपस्थित हुन नपाइने, व्यापार गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य लागु गर्नेपर्ने, मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, बैंक तथा बित्तिय संस्थाहरुले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपर्ने निर्णय गरिएको उहाँको भनाई छ ।

बैठकले जैमिनी नगरपालिकाबाट प्रदान गरीने सेवा पनि समय तालिकाबाट गर्ने भएको छ । वडा नं १,२ र ३ का सेवाग्राहीहरुको लागि सोमबार, वडा नं ४,९ र १० का सेवाग्राहीहरुको लागि मंगलबार, वडा नं ६,७ र८ का लागि बुधबार र वडा नं ५ सहित अन्य नगर स्तरीय योजनाहरुको काम गर्न बिहिबार समय दिइएको नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *