गण्डकीका प्रदेश प्रमुख शेरचन पदमुक्त,नयाँ प्रदेश प्रमुखमा पौडेल

आदर्श अनलाइन, काठमाडौं

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन पदमुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् । नवनियुक्त प्रवेश प्रमुखले सोमबार नै सपथ लिने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *