बेनी नगरपालिकामा १० दिन निषेधाज्ञा जारी


आदर्श अनलाइन, बागलुङ
बेनी नगरपालिकामा वैशाख २२ गतेदेखि लागु हुने गरी १० दिने निषेधाज्ञा जारी गरिएको छ । मंगलबार बसेको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बेनी नगरपालिका भित्र कोरोना संक्रमणको दर बढेको भन्दै नगरपालिका निषेधाज्ञा गर्न लागिएको बेनी नगरपालिका नगर प्रमुख हरी कुमार श्रेष्ठले बताउनुभयो ।

नगरपालिका भित्र अत्यावश्य बाहेकका सबै सेवाहरू बन्द गरिएको श्रेष्ठले बताउनुभयो । बेनीनगर बाहिर मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाभित्र विद्यालय बाहेक सबै सेवाहरू सुचारु अवस्थामै रहने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीमा कोरोना संक्रमितको ५० प्रतिशत बेनी नगरपालिकामा भएका कारण निषेधाज्ञा जारी गरिएको हो । बेनीमा बाहिरबाट आउनेहरुलाई कालिपुलमा होल्डिङ सेन्टर बनाएर राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *