पर्वतमा कोरोना संक्रमणबाट एक बृद्धाको मृत्यु

आदर्श अनलाइन, पर्वत

पर्वतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पर्वतको कुश्मा नगरपालिका–४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।

८४ वर्षीय पुरुषमा गत वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । अध्यावधिक विवरण अनुसार कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २३५ पुगेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *