धौलागिरी अस्पतालमा उपचाररत म्याग्दीका कोरोना शंकास्पद व्यक्तिको मृत्यु


आदर्श अनलाइन, बागलुङ

कोरोनाको लक्षणसहित धौलागरी अस्पताल बागलुङमा उपचाररत म्याग्दीका एक पुरुषको मृत्यु भएको छ ।

अस्पतालमा भर्ना भइ उपचारत एकजना कोरोना शंकास्पद पुरुषको मृत्यु भएको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।

स्वास प्रस्वासमा समस्या आएर बुधबार अस्पताल भर्ना हुनुभएका म्याग्दीको बेनी नगरपालिका–१ का ३३ बर्षिया पुरुषको बुधबार राती अस्पतालमा मृत्यु भएको कोरोना स्रोत व्यक्ति देशप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँको आइसियुमा उपचार भइरहेको थियो ।

उहाँको कोरोना परिक्षणका लागि स्वाब परिक्षण गर्ने अस्पतालको तयारी रहदै गर्दा निधन भएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *