गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव माथि २७ गते मतदान

आदर्श अनलाइन, पोखरा

राजमोका सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ ।

त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।

कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा सभामुखले २७ गते बैठक राख्ने प्रस्ताव गरेका हुन् । सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि सभामुखले २७ गते प्रस्ताव गरेका हुन् । त्यसमा दलहरु सहमत भएका छन् ।

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भए । जनमोर्चाकी सचेतक पियारी थापाले बैठक रोक्न माग गर्दै निवेदन दिएपछि सभामुखले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *