खेलकुद समितिको पदस्थापन

आदर्श अनलाइन, बागलुङ
जिल्ला खेलकुद विकास समिति बागलुङको पदाधिकारी पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

पदस्थपान कार्यक्रममा बोल्दै संघीय सांसद मनकुमारी केसीले बागलुङको खेलकुद क्षेत्रलाई शसक्त र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले नयाँ कार्य समितिले बागलुङका सबै क्षेत्रमा रहेका खेलाडीहरु पहिचान गरि उनीहरुको प्रतिभालाई बाहिर ल्याउन भूमिका खेल्नु पर्ने बताउनुभयो ।

उहाँले जिल्लामा धेरै खेलाडीहरु रहेको तर उनीहरुले उचित स्थान पाउन नसक्दा खुम्चिएर बस्नु परेको बताउनुभयो । सबै क्षेत्रमा खेलकुदका विकास गर्नु पर्ने र थप शसक्त खेलाडी उत्पादनमा यो कार्य समितिले भूमिका खेल्ने सांसद केसीको भनाई छ ।

जिल्लामा कुमार खड्काको अध्यक्षतामा १३ सदस्यी कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा लोकेन्द्र केसी, सचिवमा तारा शर्मा, कोषाध्यक्ष कल्पना श्रेष्ठ रहेका छन् ।

कार्यक्रम निर्वतमान अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, पूर्व प्रशिक्षक विकास शाक्य स्वागत मनतव्य र कार्यालय प्रमुख भिमशेन शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *