खेलकूद विकास समिति बागलुङद्वारा अस्पताललाई पिपिई सहयोग


आदर्श अनलाइन, बागलुङ

जिल्ला खेलकूद विकास समिति बागलुङले धौलागिरी अस्पताललाई पाँच थान पिपिई सहयोग गरेको छ ।
अस्पतालका स्वासथ्यकर्मीलाई उपचारमा सहयोग पु¥याउनका लागि जिल्ला खेलकूद विकास समितिको पदस्थापनाको अवसरमा स्वास्थ्य सुरक्षामा प्रयोग गरिने पिपिई हस्तान्तरण गरिएको हो ।
जिल्ला खेलकूद विकास सममिति बागलुङका नवनियुक्त अध्यक्ष कुमार खड्काले धौलागिरी अस्पताल बागलुङका अध्यक्ष केबी राना मगरलाई पाँच थान पिपिई हस्तान्तरण गर्नुभएको थियो । जिल्ला खेलकूद विकास समिति बागलुङले पूर्णता पाएसंगै बिहिबार पदस्थापन गरिएको छ । कोरोनाका कारण स्वास्थ्य सुरक्षा अपनाएर गरिएको पदस्थापन पछि अस्पताललाई सहयोग गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *