काठेखोला गाउँपालिकामा निषेधाज्ञा

आदर्श अनलाइन, बागलुङ
कोभिड–१९ संक्रमण रोकथामका लागि बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा लागु गरिने भएको छ । बिहिबार बसेको जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाहरु सम्मिलित बैठकले यहि बैशाख ३१ गतेसम्मलाई निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय समक्ष सिफारिस गरिएको थियो ।

निषेधाज्ञामा पलिका भित्रका संघसंस्था, बैङ्क तथा बित्तीय संस्था, सहकारी सेवा र वडा कार्यालयहरुको सेवा बन्द हुने पालिकाले एक प्रेस विज्ञप्ती मार्फत गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।



पलिका भित्र खाद्यन्न, तरकारी, दुध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु उत्पादन, मल, बिउ लगायतका सेवा भने सञ्चालन हुनेछन् । बिबाह ब्रतबन्ध एवं संस्कारजन्य कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गरि ७ जना भन्दा बढि व्यक्ति सहभागि नपाईने गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *