गण्डकीका थप २ सांसदलाई कोरोना संक्रमण, पियारी र हरिशरण थपिए

आर्दश अनलाइन, पोखरा
गण्डकी प्रदेशका थप दुई सांसदाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसदद्वय हरिशरण आचार्य र पियारी थापालाई कोरोना पुष्टि भएको हो ।

उनीहरु अविश्वास प्रस्ताव पक्षधर हुन् । आगामी २७ वैशाखमा प्रदेशसभा डाकिएको छ र त्यही दिन अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यसूचि तय भएको छ ।

जनता समाजवादी पार्टी संसदीय दलका नेतासमेत रहेका आचार्य मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । मंगलबार बसेको सर्वदलीय बैठकमा उनी पनि सहभागी थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित अहिले ७ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण देखिएको छ । मुख्यमन्त्री गुरुङलाई बुधबार कोरोना पुष्टि भएको हो । मुख्यमन्त्रीका सचिवालयका प्रेस संयोजक विक्रम न्यौपानेसहितका कर्मचारीलाई पनि कोरोना संक्रमण भएको छ ।

यसअघि, नेकपा एमालेका राजिव पहारी र प्रभा कोइराला, काँग्रेसकी मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाका खीमविक्रम शाहीलाई कोरोना भएको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *