आदर्श अनलाइन, कास्की
कास्की जिल्ला प्रशासनले जिल्लामा पसलहरुको अनुगमनका क्रममा फरक मूल्य र गुणस्तरमा कमी भएको खाद्य सामाग्री भेटेपछि कारबाही गरेको छ । प्रशासनले विहीबार मूल्य, गुणस्तर र शुद्धता परिक्षण गर्न पोखराका ८ वटा पसलहरुमा अनुगमन गरेको थियो ।
अनुगमन गरिएका ८ मध्ये उचित मूल्य र शुद्धता नभएको भेटिएपछि एउटा स्टोर्सलाई प्रशासनले कारबाही गरेको छ । साथै, अनुगमनका क्रममा सामान्य कैफियतहरुलाई तत्काल सुधार गर्न प्रशासनले निर्देशन समेत दिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कास्की, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, पोखरा महानगरपालिका, गुणस्तर तथा नापतौल कार्यालय पोखरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पोखरा एवं राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरुको सहभागिता थियो । उपभोक्ताले खाने तेलमा चर्को मूल्य वृद्धि भएको गुनासो गरे पनि कम्पनीबाटै बढेको आएको पाइएको पौडेलको भनाइ छ ।
