पर्वतमा मलामी बोकको जीप दुर्घटना: १७ घाइते, दुई गम्भीर

जीप दुर्घटनामा घाइतेको उपचार गर्ने क्रममा पर्वत जिल्ला अस्पताल ।

सन्तोष थापा, पर्वत

पर्वतमा मलामी बोकको जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजार स्थित अस्पतालसम्म आउँदै गरेको ग २ च ५२१३ नम्मरको जीप कुश्मा नगरपालिका १० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

घाइते मध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय माने परियारलाई गम्भीर चोट लागेको छ । घाइतेहरुको अहिले पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले बताए ।

घाइते हुनेमा एउटै गाउँका बलबहादुर परियार, डिलबहादुर परियार, रामचन्द्र परियार, शक्ति परियार, मिठु परियार, सुमित परियार, रविना परियार, अंकित परियार, उज्वल परियार, बाबुराम परियार, डिले परियार, मिन परियार, अनिनाथ परियार, अमृशा परियार र पृथ्वी परियार रहेका छन् । सामान्य घाइते रहेका चालक अनिनाथ परियारको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

उनीहरु कुश्मा नगरपालिका १३ खौलालाँकुरीकै विष्णु परियारको अस्पतालमा मृगौला डायलासिस गराउने क्रममा मृत्यु भएपछि शव जिम्मा लिनका लागि अस्पताल आउने क्रममा दुर्घटना भएको हो । विष्णु परियारको पर्वत अस्पतालमा २३ गते मृत्यु भएको हो । क्षमता भन्दा बढी यात्रु बोकेको जीप ओरालो सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *