सहकारी बैंकको साइवर सुरक्षा तालिम

आदर्श अनलाइन, दमौली
राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखा तनहुँको आयोजनामा सहकारीमा साइवर सुरक्षा सम्बन्धी एक दिने तालिम शुक्रवार सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट सञ्चालन भएको तालिमको शुरुवात गर्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउने प्रक्रियासंगै प्रविधिको प्रयोगमा आउन सक्ने जोखिम न्यूनिकरणका लागि समेत ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

प्रविधिमैत्री सेवासंगै जोखिमको पहिचान गरी त्यसको निराकरणका लागि सहकारीका कर्मचारी तथा सञ्चालकहरुलाई सचेत बनाउने उद्द्ेश्यका साथ बैंकले साइवर सुरक्षा सम्बन्धी तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सञ्चालित सहकारीहरुको बैंकका रुपमा रहेको सहकारी बैंकले प्रदान गर्ने सेवाहरुलाई थप प्रभावकारी बनाउनका लागि सदस्य संस्थाहरुका तर्फबबाट सुझाव, समन्वय र सहकार्य आवश्यक रहेको उप्रेतीले बताउनुभयो ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी संस्थाका साथै व्यक्तिको जीवनमा समेत साइवर सुरक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले यसका बारेमा सबैले जानकारी राख्नु पर्नेमा जोड दिनुभयो ।

तालिममा बैंकका सूचना, सञ्चार तथा प्रविधि विभागका प्रमुख नविन कुमार कार्कीले साइवर सुरक्षा सम्बन्धमा सहजीकरण गर्नु भएको थियो । कार्कीले सहकारी संस्थाहरुमा प्रविधिको प्रयोगका क्रममा आउन सक्ने जोखिम तथा खतराबाट जोगिने उपायहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

बैंकको शिक्षा तथा तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *