अत्यावश्यक काम बिना बागलुङ बजार डुल्ने प्रहरी नियन्त्रणमा

–आदर्श अनलाइन, बागलुङ

हाल विश्वभर फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण भई जिल्लामा जारी निषेधाज्ञा उल्लङ्गन गर्नेलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिन शुरु गरेको छ ।

संक्रमण रोकथामको लागि नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, बागलुङबाट २१ गतेदेखि जारी भएको निषेधाज्ञाको उल्लङ्घन गरी शुक्रबार साँझ सडकमा निस्केका २८ जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

२७ जना पुरुष र १ जना महिला सहित जम्मा २८ जना मानिसहरूलाई नियन्त्रणमा लिई आफ्नो तर्फबाट असल नागरिकको हैसियतले सहयोग गर्न र पुनः यस प्रकारको गल्ति दोहोरिएमा संक्रमण ऐन २०२० बमोजिम कडा कारवाही गरिने चेतावनी सहित सम्झाई बुझाई छाडिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *