बागलुङमा आज ३४ मा कोरोना, छिमेकी जलजलामा ३५ संक्रमित

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लामा सोमवार एकै दिन थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ जिल्लासँगै सिमा जोडिएको पर्वतको जलजला गाउँपालिकामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङ नगरपालिकामा २२ जना, तारखोला गाउँपालिकामा १० जना, तमानखोला गाँउपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको पिसिआर परीक्षणबाट सोमवार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्र्देशक विनोदविन्दु शर्माले आदर्श अनलाइलनाई जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *