अख्तियारको आयुक्तमा बागलुङका डा. हरि पौडेल सिफारिस

आदर्श अनलाइन, बागलुङ

संवैधानिक परिषदको आईतबारको बैठकले राष्ट्रपति कार्यालयका सचिव डा. हरी पौडेललाई खालि रहेको अख्तियार दुरुपयोग अनसन्धान आयोगको आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको छ।

उनीसँगै रिक्त रहेको अर्को आयुक्तमा डा. सुमित्रा अमात्यलाई सिफारिस गरेको संवैधानिक परिषद स्रोतले जनाएको छ।

बागलुङ नगरपालिका-११ रायडाँडा स्थायी घर भएका पौडेल २०४३ सालमा निजामती सेवामा प्रवेश गरी करीव ३४ बर्ष निजामति सेवामा बिताइसक्नुभएको छ। राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयका साथै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा काम गरिसकेका पौडेल कर्मचारी वृतमा कर्तव्यनिष्ठ, ईमान्दार र स्वच्छ छविका पर्यायका रुपमा चिनिनुहुन्छ।

चर्चामा आउन नचाहने र आफ्नो काममा ईमान्दार रुपमा खटि रहने स्वभावका उनी सधै कम आकर्षक मानिने निकायमा रहेर काम गरेका थिए।

नर्वेको बर्गेन विश्वविद्यालयबाट जनप्रशासनमा एमफिल तथा जर्मनीको बोन विश्वविद्यालयबाट विकास अध्ययनमा पिएचडि गरेका पौडेलले अमेरिकी सरकारको प्रतिष्ठित फुलव्राइट स्कलरसीप अन्तर्गत हम्फ्रे फेलोशीपमा अमेरिकाको मिनेसोटा विश्वविद्यालयबाट मानव बेचबिखन रोकथाम सम्बन्धि कोर्स समेत गर्नुभएको छ।

सार्वजनिक प्रशासन, संघीयता र कानूनका ज्ञाता मानिने पौडेलले स्थानीय तह पुनसंरचना आयोगको सदस्य सचिवको रुपमा संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *