गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त

आदर्श अनलाईन, काठमाण्डौं ।
गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त भएका छन् । आफू र भाई कलाकार देबेन्द्र बब्लू कोरोना संक्रमणमुक्त भएको प्रकाशले जानकारी दिएका छन् । उनले सबैको शुभेच्छा र आफूहरुको आत्मबलले कोरोना जितेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वास बाँडन चाहाने समेत बताएका छन् । उनले सतकर्ता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न साथै सुरक्षित र सकारात्मक रहन आग्रह गरेका छन् । यहि बैशाख १६ मा प्रकाशलाई कोरोना सक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

त्यसपछि भाई देबेन्द्रमा पनि कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी पनि होम आइसोलेसनमा बसेका थिए । अहिले प्रकाशकी आमा पनि कोरोना संक्रमित छिन् । आमा बलियो आत्मविश्वासका साथ कोरोनासंग जुधिरहेको र छिट्टै कोरोनालाई जित्ने विश्वास लिएको प्रकाशले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *