गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि गुरुङ, आजै सपथ ग्रहण

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेश प्रखु सिता पौडेलेले नेकपा एमालेका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई प्रदेश सरकारको मुख्यमन्त्रीम नियुक्त गरेकी छन् ।

नवनियुक्त मुख्यमन्त्री गुरुङले आजै प्रदेश प्रमुखको कार्यालयमा पुगेर पद तथा गोपनियताको सपथ खाएका छन् ।

गण्डकी प्रदेश सभाको नेकपा एमाले संसदीय दलका नेता रहेका गुरुङ दोस्रो पटक गण्डकी प्रदेशको मुख्यमन्त्री पुन बनेका हुन् । प्रदेश प्रमुख सिता पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पटक मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउसो ४ बजे ७२ घण्टाको समय दिदैं बहुमतको सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् ।

यो अवधिमम बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास सफल भएनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाको साथ थियो । जनमोर्चाको मत एकै नहुँदा नेपालीले मुख्यमन्त्री बन्न पाएनन् ।

बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने निश्कर्ष निकालेको हो ।

मुख्यमन्त्री गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासको मत लिनु पर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *