काेराेनाका कारण पत्रकार पौडेलको निधन

आदर्श अनलाइन, पोखरा

पोखराका पत्रकार गणेश पौडेलको कोरोनाका कारण निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको टेलिभिजनका अर्का पत्रकार अपिल त्रिपाठीले पुष्टि गरे ।

४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिडबाहेक अरु समस्या थिएन । २०६५ सालबाट उनी गण्डकी टेलिभिजनमा कार्यरत थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *