लायन्स क्लबले दिए धौलागिरी अस्पताललाई स्वास्थ्य सामग्री

आदर्श अनलाइन,बागलुङ

लायन्स क्लव अफ धौलागिरी बागलुङ, लायन्स क्लव अफ बागलुङ पिस टाउन र लायन्स क्लव अफ बागलुङ सिटीले संयुक्त रुपमा धौलागिरी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

धौलागिरी क्षेत्रका कोरोना संक्रमितको उपचार गर्दै आएको अस्पतालका लागि अत्यावश्यक २४ हजार बराबरको स्वास्थ्य सामाग्री (सेनिटाईजर र ग्लोबस) हस्तान्तरण गरिएको लायन्स क्लव अफ बागलुङ पिस टाउन की सचिव लायन देवी कार्की खड्काले जानकारी दिइन् ।

स्वास्थय सामग्री खरिदका लागि श्रीकृष्ण मेडीको फर्माका संचालक अनुप कुमार श्रेष्ठ, रामप्रसाद आचार्य, लायन्स क्लव अफ बागलुङ पिस टाउनकि सचिव देवी कार्की खड्काल सहयोग गरेका थिए । कोरोनाको बढ्दो संक्रमण रोक्न महत्वपूर्ण भूमिका खेलिरहेको धौलागिरी अस्पताल बागलुङमा तत्काल केही ग्लब्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री अभाव हुन थालेको सूचना पछि सहयोग गरिएको लायन्स क्लव अफ धौलागिरीका निर्वतमान अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिए ।

लायन्स क्लबले महामारी, विपत्तिका साथै शैक्षिक र सामाजिक क्षेत्रमा लामो समयदेखि जिल्लामा सहयोग गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *