काठेखोलाको धम्जामा ३६ को स्वाब परीक्षण,२७ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा मात्रै एकै दिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय ग्रामिण क्षेत्रमा पनि कोरोना संक्रमण तिव्र बन्दै गए पछि शंकास्पद लक्षण देखिएकाहरुको स्वाब संकलनबाट गरिएको पिसिआर परीक्षणमा २७ जनामा कोरोना पोजेटिभ देखिएको धौलागिरी अस्पतालले जनाएको छ ।

धम्जाका ४१ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये पनि ३६ जनाको परीक्षण गरिएकोमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको काठेखोला गाउँपालिका स्वास्थ्य शाखाका सिअहेब सोमराज पाण्डेले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । अन्य पाँच जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

सरकार र स्थानीय पालिकाको निर्देशन विपरित मनपरी बिहे, चौरासीमा भोज र भिडभाड गर्दा कोरोना संक्रमण तिव्र गतिमा फैलिएको उनले बताए । संक्रमण पुष्टि भएकाहरु सबै होम आइसोलेशनमा छन् । उनीहरुलाई कठीन भए स्वास्थ्य शाखा र स्वास्थ्य चौकीमा सम्पर्क गर्न भनिएको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *