संरक्षित पूँजी फिर्ता कोषको कार्यान्वयनले सहकारीमा सदस्यको आकर्षण बढाउछ : उप्रेती

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेतीले सहकारी ऐनमा व्यवस्था भए अनुसार संरक्षित पूँजि फिर्ता कोषलाई प्रभावकारी परिचालनका लागि सहकारी संघ संस्थाहरुलाई आव्हान गर्नु भएको छ ।

बैंकको पोखरा र तालचोक शाखाले मंगलवार आयोजना गरको संरक्षित पूँजि फिर्ता कोष परिचालन सम्बन्धी एक दिने तालिमको शुभारम्भ गर्दै उप्रेतीले यस्तो बताउनु भएको हो । उहाँले सहकारी ऐन र नियमावली अनुसार सहकारी संघ संस्थाहरुको खुद वचतबाट संरक्षित पूँजि फिर्ता कोषमा छुट्टिएको रकमलाई प्रभावकारी कार्यान्वयन गर्न सकेमा सहकारीमा सदस्यहको आकर्षण बढ्ने बताउनुभयो । शेयर लाभांश बाहेक कारोबारका आधारमा अतिरिक्त रकम पाइने भएकाले सदस्यहरुले सहकारीसंग कारोबार बढाउने उहाँको भनाइ थियो ।

सहकारी ऐन अनुसार संरक्षित पूँजि फिर्ता कोषको रकम सदस्यहरुले वार्षिक रुपमा कारोबार गरेको आधारमा सम्बन्धित सदस्यलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ । कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले संरक्षित पूँजि फिर्ता कोषलाई सबै सहकारी संघ संस्थाहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो । सदस्यहरुलाई सहकारी संघ संस्थामा कारोबार गर्न यो कोषको कार्यान्वयनले सहज बनाउने उहाको भनाइ थियो ।
बैंकका नायव महाप्रवन्धक किशोर कुमार बिमलीले सहकारी ऐन, बोनस ऐन र श्रम ऐनका बारेमा जानकारी गराउन भएको थियो ।

बैंकका तालिम विभागका अधिकृत नारायण वेलवासेले सहकारीमा संरक्षित फिर्ता पूँजि कोषको कानुनी प्रावधान, यसको महत्व र परिचालन गर्ने तरिका लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । बैंकको तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले गर्नु भएको थियो ।

भर्चुअल रुपमा सञ्चालित तालिममा कास्की जिल्लामा सञ्चालित विभिन्न सहकारी संघ संस्थाका ८० जनाको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *