सङ्क्रमितको अवस्था बुझ्न जनप्रतिनिधिको टोली घरघरमा

आदर्श अनलाइन, म्याग्दी
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको हिमाली जिल्ला म्याग्दीका ६ वटै स्थानीय तहका जनप्रतिनिधिहरु कोरोना सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको अवस्था पहिचानका लागि वडाका घरघरमै पुगेर सचेतना अभियान शुरु गरेका छन् ।

कोरोना सङ्क्रमितका समस्या बुझ्न जनप्रतिनिधिको टोली खटिएको छ । नगरपालिकाका सबै वडामा रहेका सङक्रमितको अवस्था बुझ्न स्वास्थ्य सामग्रीसहित जनप्रतिनिधि पुगेका हुन् ।

विशेषगरी बेनी नगरपालिकाको बेनी बजार क्षेत्र र वडाहरुमा कोरोना संक्रमित धेरै छन् । टोलीले नगरपालिकाका रत्नेचौर,ज्यामरुककोट,बगरफाँट,डम्मरा,सिंगा,अर्थुङ्गे,पुलाचौर, बेनीबजार लगायतका ठाउँमा रहेका संक्रमितलाई आवश्यक परामर्श दिएको छ । होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था, स्वास्थ्यमा परेका समस्या, परिवार, छिमेकले गर्ने व्यवहारका बारेमा बुझ्न वडा वडामा पुगेको बेनी नगरपालिका वडा नं १ रत्नेचौरका वडाअध्यक्ष टेकबहादुर रावलले बताए ।

नगरपालिकाभित्र रहेका संक्रमितको स्वास्थ्य अवस्था हेरेर उपचारको विधि अपनाउन घरघरमा पुगेर सल्लाह दिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिला गौतमले बताइन् । 

कोरोना संक्रमितलाई आवश्यक स्वास्थ्य परामर्श, खानपिन, सरसफाइ, जोखिमको बारेमा जानकारी प्रदान गरिएको छ । साथै स्वास्थ्य सुरक्षा सामग्री, औषधि समेत वितरण गरिएको छ ।

जिल्लामा कोरोना संक्रमण तीव्र्र रूपमा फैलिएको छ भने यसपटकको संक्रमण थप घातक देखिएको छ । कोरोनाको दोस्रो लहरले जिल्लाका अन्य स्थानीय तहको तुलनामा बेनी नगरपालिका बढी प्रभावित भएको छ । बेनी नगरपालिका २ बगरफाँटका  एक कोरोना संक्रमितले होम आइसोलेसनमा बसेका बिरामीका लागि ज्वरो नाप्ने थर्मल गन र अक्सिजन नाप्ने अक्सिमिटर आवश्यक परेको बताउनुभयो । कोरोनाले पार्ने असरबारे अझै  पनि जनचेतनाको कमी रहेको उनको भनाइ छ । कोरोना रोकथामबारे टोलटोलमा सचेतनामूलक अभियानलाई तीव्र पार्नुपर्नेमा उनले जोड दिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *