बडिगाडका युवाहरुले सहयोग गरे १० थान अक्सिजन सिलिण्डर

आदर्श अनलाइन, बागलुङ ।
समुदायमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपचारमा कठिनाई नहोस भन्ने उद्देश्यले बागलुङका युवाहरुले बडिगाड गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन् ।

बडिगाड गाउँपालिका जन्मथलो भई हाल काठमाडौमा बसोबास गर्दै आएका पर्यटन व्यवसायी मोहन घिमिरेको पहलमा स्वदेश तथा विदेशमा रहेका बडिगाडका युवाहरुको सहयोगले गाउँपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।

जिल्लामै सबैभन्दा धेरै बडिगाडका संक्रमितले ज्यान गुमाएको भन्दै जुम मार्फत साथिहरुसँग बैठक आव्हान गरि सहयोग जुटाएर जन्म ठाउँलाई सहयोग गरेको घिमिरेले बताउनुभयो ।

गाउँपालिकाबाट देश तथा विदेशमा रहेका युवाहरुले अफ्ट्यारोको समयमा गरेको सहयोगले धेरैको ज्यान जोगाउन सहयोग पुग्ने बडिगाड गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अर्जुन प्रसाद खरेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *