जेसिजको आयोजनामा साईबर सुरक्षा सम्बन्धी अन्तरक्रिया

साधना पन्त, बागलुङ
बागलुङ जेसिजले भर्चुअल इनलाइटइन ८ (ज्ञानको आठ दिन) कार्यक्रमको तेस्रो दिन साईबर सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्प्यूटर एसोसियसन नेपाल महासंघका केन्द्रीय उपाध्यक्ष कुशल रेग्मीले अहिलेको अवस्थामा सामाजिक संजाल चलाउदा धेरै ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले सामाजिक संजालमा विकृती फैलिएको भन्दै समाजिक सञ्जाल प्रयोगकर्ता सजग हुनु पर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालमा नकरात्म गतिविधि नगर्न सुझाउँदै कुनैपनि सामाजिक संजाल प्रयोग गर्दा पासवर्ड राख्ने र त्यसको व्याकप राख्नुपर्ने बताउनुभयो । पासवर्ड राख्दा पनि सहज रुपमा थाहा हुने खालका कुराहरु नराख्न रेग्मीले सुझाव दिनुभयो ।

उहाँले साईबर अपराध सम्बन्धी मुद्धा परेमा विद्युतीय कारोबार ऐन २०७३ अनुसार कारबाही हुने समेत जानकारी दिनुभयो । कार्यक्रममा नेपाल जेसिजका क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष बिमल ज्ञावालीले महामारीमा सबैभन्दा मानिसहरु फुर्सदिला हुने र सामाजिक संजालमा धेरै समय बिताउने हुँदा यो समयमा साईबर अपराध धेरै हुन सक्ने बताउनुभयो । कार्यक्रममा पर्वत जेसिजका संस्थापक महासचिव बसन्त कुमार कर्मचार्यले बोल्नुभएको थियो ।

कार्यक्रममा बागलुङ जेसिजका थिम डाईरेक्टर अञ्जिला श्रेष्ठले जेसिजको आस्था पाठ, जेसिज मिसन र जेसिज भिजनको अगुवाई गर्नुभएको थियो । कार्याक्रम बागलुङ जेसिजका अध्यक्ष आनन्द प्रसाद रेग्मीको अध्यक्षता, कोषाध्यक्ष गणेश महतोको स्वागत मन्तव्य र महासचिव प्रकाश आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

बिहिबारदेखि सुरु भएको इनलाइटन ८ कार्यक्रमम अन्तरगत आइतबार महामारीमा बालबच्चाको अभिभावकत्व, सोमबार वर्तमान विषम परिस्थिती र उद्योग व्यवसाय, मंगलबार शेयर बजार र म, बुधबार कोरोना र हामी तथा अन्तिम दिन अन्योलग्रस्त राजनीति र युवाको भविष्य विषयमा जुम मार्फत अन्तरक्रिया हुने बागलुङ जेसिजका महासचिव प्रकाश आचार्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *