बालबालिकाको अभिभावक्त्व विषयक अन्तरक्रिया

साधना पन्त, बागलुङ
बागलुङ जेसिजले भर्चुअल इनलाइटइन ८ (ज्ञानको आठ दिन) कार्यक्रम अन्तरगतको चौथो दिन महामारीमा बालबालिकाको अभिभावक्त्व सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा माेटिभेसनल इस्पिकर रबी किरणले कोरोनाभन्दा पहिला धेरै खालका महामारी आएकाे भन्दै याेसँग डराउनु नहुने बताउनुभयो ।

यो समयमा बालबलिकाको दैनिक क्रियाकलापमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । लकडाउनका कारण अहिले सबै बालबालिका घरमै भएकाले घरको माहोल खुसीयाली बनाउनु पर्ने उहाँको भनाई थियाे । बालबालिकाको लागि घरमा रमाईलो, व्यस्त र शैक्षिक माहोल सिर्जना गर्नका लागि अभिभावको महत्वपुर्ण भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुनेस्वर खनालले जेसिज सिकाईको विश्व विद्यालय भएको भन्दै यसले युवाहरुलाई सक्षम बनाएर समाज रुपान्तरणका लागि भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ जेसिजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला, म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले लगायतले बोलेका थिए ।

कार्यक्रममा बागलुङ जेसिजका उपाध्यक्ष सुदिप सागर कँडेलले जेसिजको आस्था पाठ, जेसिज मिसन र जेसिज भिजनको जानकारी गराएका थिए । कार्यक्रम जेसिजका अध्यक्ष आनन्द प्रसाद रेग्मीको अध्यक्षता र सदस्य आकृती भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *