अस्पताललाई अक्सोमिटर सहयोग


–आदर्श अनलाइन, बागलुङ

धौलागिरी अस्पताललाई आधुनिक अक्सोमिटर सहयोग गरिएको छ ।

अक्सिजन लेबल नाप्न मिल्ने धौलागिरी अस्पतालमा पाँच थान आधुनिक अक्सोमिटर हस्तान्तरण गरिएको हो ।

बागलुङ नगरपालिका–४ उपल्लाचौर निवासी स्वर्गीय सर बहादुर कुँवरको १९ दिनको पुण्य स्मृतिदिवसको कुँवरका छोरा बुद्धि कुंवर तथा रुकुम कुंवर बाट रु.एक लाख ४० हजार बराबरको अक्सोमिटर सहयोग गर्नुभएको धौलागिरी अस्पतालले जनाएको छ ।

उक्त डिजिटल अक्सोमिटरले अक्सिजनको सही मात्र देखाउने भएकाले प्रभावकारी हुने देखिएको छ । कार्यक्रममा धौलागिरी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. सैलेन्द्र बि.क पोखरेल, बागलुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बसन्त कुमार श्रेष्ठ, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत गणेश गौतम, कुँवर परिवारका तर्फबाट बिस्नु कुँवर लगायतले मन्तव्य राख्नुभएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन तेज बहादुर कुँवर सन्तोषले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *