लकडाउन उल्लङ्घन गरे एक लाख जरिवानाः कास्की प्रशासन

आदर्श अनलाइन, कास्की
जिल्ला प्रशासन कास्कीले एक सूचना जारी गर्दै कुनै व्यक्तिले निशेधाज्ञामा जारी गरेको आदेशको पालना नगरेमा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने जनाएको छ ।

त्यस्तै संघसंस्थाले उल्लङ्घन गरेमा ५ लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल सरकारबाट कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कोही कसैले अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने सूचनामार्फत कास्की प्रशासनले जानकारी दिएको हो ।

कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण प्रभावकारी रुपमा व्यवस्थापन गर्न यस्तो कारवाही अगाडी बढाएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *