बजेट आज दिउँसो ४ बजे सार्वजनिक हुँदै

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेले आज दिउँसो ४ बजे बजेट प्रस्तुत गर्दैछन् । बजेट अध्यादेशमार्फत ल्याउन लागिएको हो । बजेट सार्वजनिक हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नुपनर्नेछ । अध्यादेशपछि अर्थमन्त्रीले बजेट भाषण पढ्ने छन् । प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गर्ने तयारी भइरहेको छ । बजेट पपुलर हुने विश्लेषणहरु भइरहेका छन् ।

विशेषगरी वृद्ध भत्ता वृद्धि तथा अन्य चुनावकेन्द्रित कार्यक्रम पर्ने सम्भावना छ । प्रतिपक्ष दलहरु, पूर्वप्रधानन्यायधीशहरु पूर्वअर्थमन्त्रीहरु तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले भने अध्यादेशमार्फत बजेट नल्याउन आग्रह गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *